लालीगुराँस फुल

नेपालको राष्ट्रिय फुल लालीगुराँस फुल यो नेपालको विभिन्न ठाउमा पाइन्छ ।

फेवा ताल

पोखरामा अबस्थित फेवा ताल ।

बौंद्ध स्तुपा

नेपाल रहेको सबै भन्दा ठुलो स्तुपा हो।

मायादेवी मन्दिर

लुम्बिनी जिल्लामा रहेको मायादेवी मन्दिरमा गौतम बुद्धको जन्म भएको थियो ।

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

गजल

 माया भनेको के हो जान्न सकिन मैले

वास्ना घुलेको माया मान्न सकिन मैलै


लालीगुराँस जस्तै फुली रहेको यौवन

मेरो समिप आखिर तान्न सकिन मैलै


साचो छ माया भन्छन गर्नेहरु सबैले

कामवासना की माया छान्न सकिन मैले


गाह्रो छ सम्हालिन यौवन बढेर मेरो

छेउमा नआउ कोही धान्न सकिन मैले


दुइ मुटु हो हाम्रो धड्कन एकै भए नि

आफ्नै भएर आफ्नो ठान्न सकिन मैले ।


गजल

 

पत्थर रहेछ दिल लुट्न सकिन्न के हो

दिलमा जोडेसी दिल फुट्न सकिन्न के हो


मुटु भरी छ माया छल्की रहन्छ खाली

टाढा जति भए नि टुट्न सकिन्न के हो


प्रेमिल रहरहरुले डामी रहेछ छाती

हुदा चाहाना मनमा जुट्न सकिन्न के हो


वचन प्रहारबाट घाइते भए छु यता

धुजा भए छ मुटु खुट्न सकिन्न के हो ?


के गर्नु एक्ले मैले चाहेर नहुने, वास्ता तिमीले नगरे धायर नहुने । कहिले वास्ता गर्दीनौं तिमी , एकोहोरो माया लायर नहुने । एक्लै बहकीन्छु मायामा सधै , झुटा बाचा कसम खायर नहुने । के गर्नु यस्तै छ पीडा धेरैको तर, सहित्यीक गजल गायर नहुने । खडानन्द तिमलसिना

निको भाको घाउ किन बल्झाएर गयौं ,
झिनो आशा मुटु भित्र अल्झाएर गयौं ।

मैले माया मारि सकेको थिए आखिर ,
चोटै दिनु रैछ किन संल्झाएर गयौं ?

कति सम्म स्वार्थि तिमी संझीएर हेर ,
अतितका पुरानो घाउ बल्झाएर गयौं ।
              खडानन्द तिमलसिना

सक्छेउ भने जीवन भरि साथ देउ मलाई ,
नसकेनी केहि छिन रात देउ मलाई ।

अग्गालोमा बाधिएर चुम्बनको मजा लिदै ,
सिरानमा लगाउन हात देउ मलाई ।

काम वासना मृग तृष्णामा उत्तेजीत हुदै गरि ,
बैंश अनि जवानीको मात देउ मलाई ।

चोखो तिम्रो आस्मीता भा लुट्न सक्दिन म,
धैर्य गर्दै सम्मालिने आत देउ मलाई ,
          खडानन्द तिमलसिना

कताबाट संझिएको आज हजुरले ,
तिलको लड्डु पठाएर साज हजुरले ।


भुल्न मैले आटेको थे फेरि संझाएर,
छुनु भयो मन मुटुको माज हजुरले ।


बोलाउदा नबोलेर माया मारेको थे ,
बनाउनु भयो किन ? ताज हजुले ।
खडानन्द तिमलसिना