लालीगुराँस फुल

नेपालको राष्ट्रिय फुल लालीगुराँस फुल यो नेपालको विभिन्न ठाउमा पाइन्छ ।

फेवा ताल

पोखरामा अबस्थित फेवा ताल ।

बौंद्ध स्तुपा

नेपाल रहेको सबै भन्दा ठुलो स्तुपा हो।

मायादेवी मन्दिर

लुम्बिनी जिल्लामा रहेको मायादेवी मन्दिरमा गौतम बुद्धको जन्म भएको थियो ।

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts

के गर्नु एक्ले मैले चाहेर नहुने, वास्ता तिमीले नगरे धायर नहुने । कहिले वास्ता गर्दीनौं तिमी , एकोहोरो माया लायर नहुने । एक्लै बहकीन्छु मायामा सधै , झुटा बाचा कसम खायर नहुने । के गर्नु यस्तै छ पीडा धेरैको तर, सहित्यीक गजल गायर नहुने । खडानन्द तिमलसिना

निको भाको घाउ किन बल्झाएर गयौं ,
झिनो आशा मुटु भित्र अल्झाएर गयौं ।

मैले माया मारि सकेको थिए आखिर ,
चोटै दिनु रैछ किन संल्झाएर गयौं ?

कति सम्म स्वार्थि तिमी संझीएर हेर ,
अतितका पुरानो घाउ बल्झाएर गयौं ।
              खडानन्द तिमलसिना

सक्छेउ भने जीवन भरि साथ देउ मलाई ,
नसकेनी केहि छिन रात देउ मलाई ।

अग्गालोमा बाधिएर चुम्बनको मजा लिदै ,
सिरानमा लगाउन हात देउ मलाई ।

काम वासना मृग तृष्णामा उत्तेजीत हुदै गरि ,
बैंश अनि जवानीको मात देउ मलाई ।

चोखो तिम्रो आस्मीता भा लुट्न सक्दिन म,
धैर्य गर्दै सम्मालिने आत देउ मलाई ,
          खडानन्द तिमलसिना

कताबाट संझिएको आज हजुरले ,
तिलको लड्डु पठाएर साज हजुरले ।


भुल्न मैले आटेको थे फेरि संझाएर,
छुनु भयो मन मुटुको माज हजुरले ।


बोलाउदा नबोलेर माया मारेको थे ,
बनाउनु भयो किन ? ताज हजुले ।
खडानन्द तिमलसिना

बैश अनि जवानीलाई उत्तेजीत पार्छेउ किन ?
भेट गरौं भन्दा खेरि पछि भनि टार्छेउ किन ?

बोलीमा नै तिम्रो पनि बासनात्मक तरंगछ,
समाजको डर मानि आखिरमा  हार्छेउ किन ?

दुख सुख साथ दिने जवानीको प्यास मेट्ने,
साथीलाई हुन्न भन्दै काढेतारले बार्छेउ किन ?

मान्छे नै तिमी पनि जति सुकै मैहु भन ,
एउटा सग हुन्न भन्दै अरु सग चार्छेउ किन ?
                 खडानन्द तिमलसिना

बारम्बार तिम्रो याद झल्को मात्रै लाउछेउ किन?
उत्तेजीत बनाउदै मेरो नजीका आउछेउ किन ?

बैंश अनि जवानीको प्यास मेट्न नदिने भा ,
माया भन्दै मेरो नजिक आखिरमा धाउछेउ किन ?

केहि अरु स्वार्थ छकि शक्का थोरै लाग्न थाल्यो,
एकोहोरो मेरो मनमा मात्रै तिमी छाउछेउ किन ?

साच्चै माया भाव तिम्रो मनमा आको छैन भने ,
बाहान र नाटक गर्न गजल गित गाउछेउ किन ?
                खडानन्द तिलसिना

हरेका रात सपनिमा तिमी सगै हुन्छु किन?
विपनिमा भेट नहुदा पीडा हुदै रुन्छु किन ?

बैंश अनि जवानीको लाग्छ प्यास मेटाउन,
बारम्बर नाई हुन्न भन्ने मात्रै  सुन्छु किन ?

नत मनका इच्छा अनि रहर पुरा हुने भयो ,
कल्पनाको सुन्दर महल आखिरमा बुन्छु किन ?
                      खडानन्द तिमलसिना

मनका कुरा खोल्नलाई पाईदैन भने ,
भरिपुर्ण हुनेहरुलाई चाहिदैन भने ।

मित्रताको दुख,सुख इच्छा चाहानालाई,
बुझि बुझि थोरै गुन लाईदैन भने ।

कसोगरि साथी भन्नु एस्तो भए पछि,
मित्रताको माया हृदयमा छाईदैन भने ।
                   खडानन्द तिमलसिना

जे जे भन्छु तिमीलाई नाई भन्न पाईदैन ,
जति खेर भन्छेउ आउछु नत्र उसै धाईदैन ।

कुरामा नै हाम्रो माया सीमीत हुने भए ,
समयको बर्बाद गर्न भयो लाईदैन ।

बैंश अनि जवानीको प्यसा मेटाउन ,
पाईन्छ भने मात्रै भेट्छु नत्र चाहिदैन ।
              खडानन्द तिमलसिना

फुल्न नपाई हाम्रो माया मर्छ कित शङ्का लाग्छ ,
फक्रिनलाई नपाउदै झर्छ कित शङ्का लाग्छ ।

जवानी र बैंश सगै आएको यो उत्तेजना ,
उत्कर्षमा पुग्न नपाई टर्छ कित शङ्का लाग्छ ।

असिमीत चाहाना र इच्छाहरु मनमा बोक्दै ,
माया रुपी फुल हाम्रो सर्छ कित शङ्का लाग्छ ।

घर परिवार गाउ समाज सिङ्गो राष्ट विरोधीछ ,
शत्रु लागि हाम्रो माया हर्छ कित शङ्का लाग्छ ।
                    खडानन्द तिमलसिना

तिमी सग सधै किन बोल्न मन लाग्छ ,
मनका बह निखारेर खोल्न मन लाग्छ ।

हुनलाई होकि कतै नहुनलाई होला ,
तिमी तिरै भाको माय ढोल्न मन लाग्छ ।

समाज र संस्कृति छ हाम्रो निगरानिमा ,
तर पनि धेरै रिक्स मोल्न मन लाग्छ ।

तिम्ले गर्ने माया अनि मैले गर्ने माया,
एकै ठाउ मिसाएर घोल्न मन लाग्छ ।
                     खडानन्द तिमलसिना

अर्काको त्यो हातबाट सिन्दुर पोते लाए पनि,
दैबले भेट तिम्रो मेरो ढिला गर्दै आए पनि ।

जीवनसाथि तिम र म हुदा कस्तो हुन्थ्यो होला ?
नभुल है मलाई तिमीले अर्कैको साथ पाए पनि ।

जोड्न पनि सक्दिन म छोड्न पनि सक्दिन म,
तिम्रो याद प्रत्यक पल मन मन्दिरमा छाए पनि ।

बैंश अनि जवानीको प्यास अन्तै मेटाएर ,
बैवाहिक सम्बन्धमा बधिदैनौं चाहे पनि ।

क्षणिक हुन्छन जस्तो लाग्छ तिम्रो मेरो माया प्रित,
जीवन भरि नछुटिने बाचा कसम खाए पनि ।

यहि त छ विड्वना संझीएर मान्दैन मन ,
बैधानिक हुन्न कहिले जति हामी धाए पनि ।

मुटु गाठो परि आउदा भक्कानिदा मन मेरो ,
भावनामा बहकिदै जति गजल गाए पनि ।  
                   खडानन्द तिमलसिना

माया ,प्रेममा घात भन्दा साथ प्यारो हुदो रैछ ,
दिन भन्दा अचम्म यो रात प्यारो हुदो रैछ ।

नआएने हुने जस्तो लाग्छ कहिले काही ,
बैंश अनि जवानीको मात प्यारो हुदो रैछ ।

श्रीमान र श्रीमतिको नाता जोडे पछि ,
पति परायण नारिलाई लात प्यारो लाग्छ ।
                खडानन्द तिमलसिना

भेट गर्न आउछु भन्दा रिसाएर गयौं ,
अचम्म नै लाग्यो । किन ?त्यस्ती भयौं ?

नत मैले केहि गर्या थे एति टढा हुदै,
धैर्य गर्न नसकेर रिसाई मात्रै रयौं ।

घुमाउरो जान्दीनमा सिधै भन्नु भन्दै,
मैले भन्या कुरालाई थोरै मात्रै सयौं ।
               खडानन्द तिमलसिना

              गजल

जीन्दगीको यर्थाथता यो गजलमा आछ,
भावना होकी शान्तिजीको घरमा यस्तै भाछ ।

अन्यथा चाहि नसंझनु मेरो मनको बह,
बुझ्न लाग्यो जीज्ञास र एउटा गजल गाछ ।

हैन भन अरु सग बुझ्छु मैले थोरै ,
के के लेख्छन सहित्यमा मलाई पनि थाछ ।

जीन्दगीको भोगाई र गराई फरक हुन्छ ,
साच्चि यस्तो भाको भए नमिठो नै लाछ ।
                खडानन्द तिमलसिना

राईको घुम्टो तिमीले ओडेको दिन थाहा पाए,
हामी विचको सबन्धलाई तोडेको दिन थाहा पाए ।

तिम्रो माया,प्रेम भित्र सर्मपीत भाछु भन्दै ,
धेरैलाई एकै साथ छोडेको दिन थाहा पाए ।

सर्मपण त्याग अनि बलिादान हुन्छ भन्थ्यौं ,
माया,प्रेममा बाटो अन्तै मोडेको दिन थाहा पाए ।

जिज्ञास र चासो थियो सधै मलाई तिम्रो बारे,
सिन्दुर पोते लगाई नाता जोडेको दिन थाहा पाए ।
              खडानन्द तिमलसिना



मित्रतामा आवश्यकात ठानेउ भने साथ दिन्छु ।
दुख पर्दा निसंंकोच  मागेउ भने हात दिन्छु ।

आनन्द र खुशियाले छाको बेला नसंंझे नि ,
दुखःकष्ठ परे पछि माग्दा दरो आत दिन्छु ।

चौविसे यी घण्टाहरु सेवामा नै सर्मपीत छन ,
दिन मात्र काहाँ होर चाहियो भने रात दिन्छु ।
            खडानन्द तिमलसिना

छुदा तिम्लाई मुटुको यो धड्कन पनि बढि दिन्छ ,
जति धेरै नजीक हुन्छौं त्यति माया गढि दिन्छ ।
जीन्दगीको भोगाईमा आउने दुख सुख मध्य,
यहि मायामा सृष्ठीको यो नियम पनि अढि दिन्छ ।

अप्ठयारोमा साथ दिनु धर्म हुन्छ भन्छन,
सहयोगी मानविय कर्म हुन्छ भन्छन ।
मान्छे भई पशुवत व्यावहार गर्ने धेरै,
भईसकेछन राम्रो गर्न सर्म हुन्छ भन्छन ।
सहयोग माग्दा सहयोग दिनलाई नसकेर,
मान्छेको मन दुखाउदा मर्म हुन्छ भन्छन ।
त्यहि भएर सहयोग गरे अन्यथा केहि हैन,
दुख सुखमा साथ दिनु पर्म हुन्छ भन्छन ।
         खडानन्द तिमलसिना

सिन्धुलीको गढी दरवार नेपालको सान,
नेपालीको अस्तीत्व नै जोगाएको मान ।

प्रकृतिक भु बनोट र गोर्खालिको साहास,
साम्राज्यवाद हराएको यहि गढीले जान ।

धिकार्नेछ इतिहासले विर्सेउ भने गढि,
नेपाललाई जोगाउन भयो हाना हान ।

अल्लो,सिस्नु,बारुला र अरिगाल बछ्छीउ,
गोर्खाली र भु बनोटले जिताएको ठान ।

साम्राज्यवादको नाईके ठान्ने वेलाईति सेना,
हराएर लखेट्नलाई गोर्खालीले गरे बलिदान ।

विश्वको यो माना चित्रमा नेपालको नाम,
सकिन्नथ्यो गढि दरवार नभाको भा लान,
             खडानन्द तिमलसिन