फुल्न नपाई हाम्रो माया मर्छ कित शङ्का लाग्छ ,
फक्रिनलाई नपाउदै झर्छ कित शङ्का लाग्छ ।

जवानी र बैंश सगै आएको यो उत्तेजना ,
उत्कर्षमा पुग्न नपाई टर्छ कित शङ्का लाग्छ ।

असिमीत चाहाना र इच्छाहरु मनमा बोक्दै ,
माया रुपी फुल हाम्रो सर्छ कित शङ्का लाग्छ ।

घर परिवार गाउ समाज सिङ्गो राष्ट विरोधीछ ,
शत्रु लागि हाम्रो माया हर्छ कित शङ्का लाग्छ ।
                    खडानन्द तिमलसिना

0 comments:

Post a Comment