लालीगुराँस फुल

नेपालको राष्ट्रिय फुल लालीगुराँस फुल यो नेपालको विभिन्न ठाउमा पाइन्छ ।

फेवा ताल

पोखरामा अबस्थित फेवा ताल ।

बौंद्ध स्तुपा

नेपाल रहेको सबै भन्दा ठुलो स्तुपा हो।

मायादेवी मन्दिर

लुम्बिनी जिल्लामा रहेको मायादेवी मन्दिरमा गौतम बुद्धको जन्म भएको थियो ।

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

के गर्नु एक्ले मैले चाहेर नहुने, वास्ता तिमीले नगरे धायर नहुने । कहिले वास्ता गर्दीनौं तिमी , एकोहोरो माया लायर नहुने । एक्लै बहकीन्छु मायामा सधै , झुटा बाचा कसम खायर नहुने । के गर्नु यस्तै छ पीडा धेरैको तर, सहित्यीक गजल गायर नहुने । खडानन्द तिमलसिना

निको भाको घाउ किन बल्झाएर गयौं ,
झिनो आशा मुटु भित्र अल्झाएर गयौं ।

मैले माया मारि सकेको थिए आखिर ,
चोटै दिनु रैछ किन संल्झाएर गयौं ?

कति सम्म स्वार्थि तिमी संझीएर हेर ,
अतितका पुरानो घाउ बल्झाएर गयौं ।
              खडानन्द तिमलसिना

सक्छेउ भने जीवन भरि साथ देउ मलाई ,
नसकेनी केहि छिन रात देउ मलाई ।

अग्गालोमा बाधिएर चुम्बनको मजा लिदै ,
सिरानमा लगाउन हात देउ मलाई ।

काम वासना मृग तृष्णामा उत्तेजीत हुदै गरि ,
बैंश अनि जवानीको मात देउ मलाई ।

चोखो तिम्रो आस्मीता भा लुट्न सक्दिन म,
धैर्य गर्दै सम्मालिने आत देउ मलाई ,
          खडानन्द तिमलसिना

कताबाट संझिएको आज हजुरले ,
तिलको लड्डु पठाएर साज हजुरले ।


भुल्न मैले आटेको थे फेरि संझाएर,
छुनु भयो मन मुटुको माज हजुरले ।


बोलाउदा नबोलेर माया मारेको थे ,
बनाउनु भयो किन ? ताज हजुले ।
खडानन्द तिमलसिना

बैश अनि जवानीलाई उत्तेजीत पार्छेउ किन ?
भेट गरौं भन्दा खेरि पछि भनि टार्छेउ किन ?

बोलीमा नै तिम्रो पनि बासनात्मक तरंगछ,
समाजको डर मानि आखिरमा  हार्छेउ किन ?

दुख सुख साथ दिने जवानीको प्यास मेट्ने,
साथीलाई हुन्न भन्दै काढेतारले बार्छेउ किन ?

मान्छे नै तिमी पनि जति सुकै मैहु भन ,
एउटा सग हुन्न भन्दै अरु सग चार्छेउ किन ?
                 खडानन्द तिमलसिना

बारम्बार तिम्रो याद झल्को मात्रै लाउछेउ किन?
उत्तेजीत बनाउदै मेरो नजीका आउछेउ किन ?

बैंश अनि जवानीको प्यास मेट्न नदिने भा ,
माया भन्दै मेरो नजिक आखिरमा धाउछेउ किन ?

केहि अरु स्वार्थ छकि शक्का थोरै लाग्न थाल्यो,
एकोहोरो मेरो मनमा मात्रै तिमी छाउछेउ किन ?

साच्चै माया भाव तिम्रो मनमा आको छैन भने ,
बाहान र नाटक गर्न गजल गित गाउछेउ किन ?
                खडानन्द तिलसिना