तिमी सग सधै किन बोल्न मन लाग्छ ,
मनका बह निखारेर खोल्न मन लाग्छ ।

हुनलाई होकि कतै नहुनलाई होला ,
तिमी तिरै भाको माय ढोल्न मन लाग्छ ।

समाज र संस्कृति छ हाम्रो निगरानिमा ,
तर पनि धेरै रिक्स मोल्न मन लाग्छ ।

तिम्ले गर्ने माया अनि मैले गर्ने माया,
एकै ठाउ मिसाएर घोल्न मन लाग्छ ।
                     खडानन्द तिमलसिना

0 comments:

Post a Comment