बैश अनि जवानीलाई उत्तेजीत पार्छेउ किन ?
भेट गरौं भन्दा खेरि पछि भनि टार्छेउ किन ?

बोलीमा नै तिम्रो पनि बासनात्मक तरंगछ,
समाजको डर मानि आखिरमा  हार्छेउ किन ?

दुख सुख साथ दिने जवानीको प्यास मेट्ने,
साथीलाई हुन्न भन्दै काढेतारले बार्छेउ किन ?

मान्छे नै तिमी पनि जति सुकै मैहु भन ,
एउटा सग हुन्न भन्दै अरु सग चार्छेउ किन ?
                 खडानन्द तिमलसिना

0 comments:

Post a Comment