बारम्बार तिम्रो याद झल्को मात्रै लाउछेउ किन?
उत्तेजीत बनाउदै मेरो नजीका आउछेउ किन ?

बैंश अनि जवानीको प्यास मेट्न नदिने भा ,
माया भन्दै मेरो नजिक आखिरमा धाउछेउ किन ?

केहि अरु स्वार्थ छकि शक्का थोरै लाग्न थाल्यो,
एकोहोरो मेरो मनमा मात्रै तिमी छाउछेउ किन ?

साच्चै माया भाव तिम्रो मनमा आको छैन भने ,
बाहान र नाटक गर्न गजल गित गाउछेउ किन ?
                खडानन्द तिलसिना

0 comments:

Post a Comment