अप्ठयारोमा साथ दिनु धर्म हुन्छ भन्छन,
सहयोगी मानविय कर्म हुन्छ भन्छन ।
मान्छे भई पशुवत व्यावहार गर्ने धेरै,
भईसकेछन राम्रो गर्न सर्म हुन्छ भन्छन ।
सहयोग माग्दा सहयोग दिनलाई नसकेर,
मान्छेको मन दुखाउदा मर्म हुन्छ भन्छन ।
त्यहि भएर सहयोग गरे अन्यथा केहि हैन,
दुख सुखमा साथ दिनु पर्म हुन्छ भन्छन ।
         खडानन्द तिमलसिना

0 comments:

Post a Comment