सिन्धुलीको गढी दरवार नेपालको सान,
नेपालीको अस्तीत्व नै जोगाएको मान ।

प्रकृतिक भु बनोट र गोर्खालिको साहास,
साम्राज्यवाद हराएको यहि गढीले जान ।

धिकार्नेछ इतिहासले विर्सेउ भने गढि,
नेपाललाई जोगाउन भयो हाना हान ।

अल्लो,सिस्नु,बारुला र अरिगाल बछ्छीउ,
गोर्खाली र भु बनोटले जिताएको ठान ।

साम्राज्यवादको नाईके ठान्ने वेलाईति सेना,
हराएर लखेट्नलाई गोर्खालीले गरे बलिदान ।

विश्वको यो माना चित्रमा नेपालको नाम,
सकिन्नथ्यो गढि दरवार नभाको भा लान,
             खडानन्द तिमलसिन

0 comments:

Post a Comment