राईको घुम्टो तिमीले ओडेको दिन थाहा पाए,
हामी विचको सबन्धलाई तोडेको दिन थाहा पाए ।

तिम्रो माया,प्रेम भित्र सर्मपीत भाछु भन्दै ,
धेरैलाई एकै साथ छोडेको दिन थाहा पाए ।

सर्मपण त्याग अनि बलिादान हुन्छ भन्थ्यौं ,
माया,प्रेममा बाटो अन्तै मोडेको दिन थाहा पाए ।

जिज्ञास र चासो थियो सधै मलाई तिम्रो बारे,
सिन्दुर पोते लगाई नाता जोडेको दिन थाहा पाए ।
              खडानन्द तिमलसिना

0 comments:

Post a Comment