मागेर खाउ छैन भने झुक्याएर छलि नखाउ,
अर्काको श्रम पसीनाको हुर्मत र बली नखाउ ।

प्रकृतिक नियम नै हो अभाव हुन्छ सवैलाई,
दुखीया र श्रमिकको पसिनालाई दली नखाउ ?

सडकमा माग्दै हिडे दिन्छन खुशि दुनियाले,
शोषक र सामन्तको बाटाहरु मलि नखाउ,

सापटी र तिर्नु पर्ने कस्लाई छ तिर्ने गर,
रिस,रागमा कमाउनेको सम्पतिलाई जलि नखाउ ।

ज्ञानि प्राणी मध्य मान्छे त्यसको इज्जत जोगाएर,
मानविय अस्तीत्वलाई बेचेर नै ढलि नखाउ ।
                     खडानन्द तिमलसिना


0 comments:

Post a Comment