हृदयमा चोट दियौं लाग्यो ठुलै घाऊ , दया,माया भएदेखि छिटै मलम लाऊ, चहराउदा छटपटिन्छु पोल्छ घरिघरि, मर्न सक्छु तेतिकैमा उद्धार गर्न आऊ । रोग लाएको तिमीले हो उपचार गर्नुपर्छ, फलाक्नेछु चोट दिने पापीनको नाऊ । पिरथीकै अण्डा अनि अदालतमा धाए, अन्यायमा परेको छु मैले न्याय पाऊ । सगै हुदा माय दिने टाढा हुदा चोट, फेरी यस्तै चोट दिने नहेर भो दाऊ । अरु केहि पर्दैन भो मैले तिमी बुझी सके, हृदयको मेरो चोटको उपचार् गरि जाऊ अर्कै सग मन मन्दिरमा हासी खुशि छाऊ । खडानन्द तिमलसिना
Chat conversation end

0 comments:

Post a Comment