त्यहि कालु कहिले काही काले हुन सक्छ,
फटाहाको एक नम्बर भाले हुन सक्छ ।
राम्रो गर्दा कालु हुने नराम्रोमा काले ,
तिम्रो मान्छे दुनियमा साले हुन सक्छ ।
हाकीम भन्ने रबाफ देला याद गर्नु तिमी,
पीएन अनि कुचो लाउने पाले हुन सक्छ ?
याद गर्नु जवाना यो अति खराव छ है ,
चोरि अनि ठगि खाने थाले हुन सक्छ  ?
आई पर्दा जे नि गर्ने श्रमिक भन्छ आफु,
केहि काम नजानेको डाले हुन सक्छ ?
धनि गरिव जात भात मान्दीन म भन्ने,
एक नम्बर त्यो सम्पतिको राले हुन सक्छ ?
            खडानन्द तिमलसिना

0 comments:

Post a Comment