विस मुरि फल्ने खेत एक मुरिमा झरि सक्यो,
भुक्ने कुकुर लईनु भैसी तिमी विना मरि सक्यो ।
कति बस्छौं प्रदेशमा आफ्नो देशको माया छैन?
स्वदेशमा काम गर्नेले उन्नति पो गरि सक्यो ।
जुन दिन आफ्नो जन्म भुमी गाउघर छोडी गयौं,
त्यहि दिन देखि हाम्रो खुशि दैबले नै हरि सक्यो ।
नावलक वच्चा छोडी घरकी तिम्री श्रीमतिले,
प्रदेशिदा बाटो विराई समस्या यो टरि सक्यो ।
जोत्ने खन्ने मान्छे नभइ खेत वारि बाझै भए,
कहिले आउछौं गाउघर अप्ठ्यारोमा परि सक्यो ।
               खडानन्द तिमलसिना

0 comments:

Post a Comment