कलकलाउदो जवानी छ मलाई थोरै चाख्न देउ,
मुटुको त्यो एक छेउमा माया मलाई राख्न देउ ?
लोभ लाग्दो जवानी त्यो मलाई पनि चखाउन,
अरु अट्ने मन मन्दीरमा मलाई पनि अटाउन ।
कुन कालुले तड्पाउदैछ तिमीलाई भन,
माया,प्रेम एस्तै नै हो स्वार्थी हुन्छ मन ।
जति सुकै त्याग गर सर्मपण गर,
भुल्न खोजे अति धेरै तड्पाउछ झन,
त्यहि भएर मेरो सुझाव कालुको त्यो चक्कर,
छाडेर नै हासि खुशि आनन्दमा राख आफ्नो तन ?
           खडानन्द तिमलसिना

0 comments:

Post a Comment