भुल्नेले नि आखीरमा सिमा नागी भुले पछि,
माया गर्ने एउटा थियो अर्कै सगै डुले पछि ।
के के हुन्छ त्यो वेला आफै पर्दा थाहा हुन्छ,
माया गर्ने मन भित्र अर्कैलाई हुले पछि ।
आफ्नो भन्ने मान्छे याहाँ अर्कै सग खुले पछि ।
अमृत सग के के हुन्छ विषहरु घुले पछि ?
                  खडानन्द तिमलसीना

0 comments:

Post a Comment